विश्लेषण : यस्तो छ तराई–मधेसवारे अन्तर्राष्ट्रिय गेमप्लान

पुस २० गते सोमवार साँझ हतियारधारी सशस्त्र समूहले सप्तरीमा नेपाल प्रहरीका एक जना सहायक निरिक्षक असइको गोली हानी हत्या गर्यो । भारतीय सीमा जोडिएको सप्तरीको नर्घो गाविसको झौहरा चोक नजिकै साँझ करीब ६ बजे ४० बर्षीय असई रमेश सुब्बामाथि गोली हानिएको थियो । मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । उपचारका लागि रजविराज पुर्राइएका सुव्वालाई डाक्टरले मृत घोषणा गरे । घटनाको जिम्मेवारी मधेसमा सशस्त्र गतिविधि गरिरहेको अखिलत तरई मुक्ति मोर्चाले लियो । घटनाको जिम्मेवारी लिने मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले छुट्टै तराई राष्ट्रको माग गर्दै आएका छन् ।

घटना २ – एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पुस २१ गते प्रकाशित आफ्नो अन्तर्वार्तामा सेना परिचालनको विषय उठान गरेका छन् । नाकाम धर्ना बस्नेलाई सरकारले के गर्ने त ? नेपालको जवाफ छ, ‘कडाइ गर्नुपर्छ, त्यहाँ प्रहरी राख्नुपर्यो, सेना पठाउनुपर्यो । सबै उपाय अबलम्बन गर्नुपर्छ ।’

घटना– ३ भिन्दै स्वतन्त्र मधेस राष्ट्रको माग गर्दै आएका सीके राउतले पुस दोस्रो साता जनमत संग्रहदेखि युवा दस्ता निर्माणसम्मका गतिविधि गरे । उनले सिराहमा जनमत संग्रह गरे । युवाहरुलाई भेला गरेर सैन्य तालिम पनि दिए ।

यी यस्ता घटना हुन् जसले तराई–मधेस आन्दोलनको संवेदनशिलतालाई झल्काउँछन् । यो संवेदनशिलता बढ्दैछ, कारण देशभित्रका भन्दा बाहिरका शक्तिहरुले तराई–मधेसको आन्दोलनमा धेरै नै चासो दिएका छन् । काठमाडौंमा उच्च राजनीति व्यक्ति तथा ठूला देशका दूतावासभित्रका सुरक्षा र गुप्तचर विङ्गमा यस विषयमा छलफल पनि हुन थालेको छ ।

केही उच्च राजनीति स्रोतहरुसँग भएको कुराकानीलाई आधार मान्ने हो भने तराई–मधेसबारे अन्तर्राष्ट्रिय शक्तिहरुको ३ गेमप्लान बुझ्न सकिन्छ ।

Madhesh

१ – अन्तर्राष्ट्रिय शक्तिकेन्द्र मूलत : भारत र अमेरिका तराईमा दुई वटा विङ्ग निर्माणमा लागेको देखिन्छ । पहिलो : महन्ठ ठाकुर नेतृत्वमा राजनीति विङ्ग र दोस्रो सीके राउत तथा जयकृष्ण गोइतहरुको मिलिट्री विङ्ग । यसै कारण हो तराई मधशेमा आन्दोलनमै उत्रेका केही नेताहरु भन्न थालेका छन् ‘आन्दोलन लम्बिँदै गए आफूहरुको कमान्डमा रहने छैन् । त्यसले पृथकतावादीहरुलाई हावी गराउन सक्छ ।’ यही सूचनाकै जगमा पूर्व प्रधानमन्त्री नेपालले मधेसमा सेना परिचलानको कुरा उठाएको हुन सक्छन् ।

२ – ती अन्तर्राष्ट्रिय समुदाय मधेसी दल र प्रमुख राजनीति पार्टीबीच सहमति रोक्न चाहन्छन् । यही कारण पनि धेरै नजिक पुगेका वार्ताहरु फलदायी भएका छैनन् । उच्च राजनीतिक स्रोतहरुको भनाई मान्ने हो भने तत्काल सहमतिको सम्भवाना पनि छैन । संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन तीन दिनको समयसीमा तोकिएको छ । बिहीवारसम्म संशोधन विधेयक दर्ता गराउने समय छ । सहमति नभए प्रमुख दलले संशोधन प्रस्ताव ल्याउनुपर्छ । संविधान संशोधन विद्येयक पारित गन दुई तिहाई चाहिन्छ । आन्दोलन चलाईरहेका पक्षलाई वेवास्ता गरेर उनीहरुको स्वामित्वविना संविधान संशोधनले समस्याको हल नगर्न सक्छ । मधेसी मोर्चाबीच सतहमा आएका विवाद पनि सहमति हुन नदिने गेमप्लानकै योजना अन्तर्गत रहेको बताउने गरिएको छ । मधेसको समस्या सम्बोधनका लागि मन्त्रीपरिषद्ले गरेको तीन बुँदे निर्णयलाई भारतले स्वागत गरेपछि नेपालको राजनीतिले ‘नयाँ कोर्स’ लिएको थियो । मधेसमा आन्दोलनरत दलहरुसँग सहमति बन्ने अपेक्षा गरिएको थियो ।

३– तराई–मधेसवारे अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले विभिन्न मोडेल खोजेको देखिन्छ । पूर्वी पाकिस्तानको मोडल एउटा विकल्प देखिन्छ उनीहरुको । अर्थात पाकिस्तानबाट वंगालादेश टुक्रिएजस्तै तराई–मधेसलाई भिन्दै राज्य बनाउने । अर्को युक्रेनबाट क्रिमियालाई अलग बनाएजस्तै त्यही मोडेलमा तराई–मधेसलाई अलग्गाउन सकिने.। युक्रेनका विद्रोहीहरुलाई रसियाले सहयोग गर्यो , युक्रेनमा विद्रोहीहरुको भिन्दै सरकार बनायो । अहिले क्रिमियामा रसियाली सर्मथक सरकार छ । तर अन्तर्राष्ट्रिय जगत भने यो विषयमा विभाजित छ । तराई–मधेसको वारेमा ति शक्तिकेन्द्रहरुले तेस्रो विकल्प सिक्कीमीकरणको मोडेल हेरेका छन् । भारतमा सिक्किम विलय भएको मोडलमाथि छलफल हुने गरेको छ ।

र मधेस झरे ठूला दल

अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको यस्तो खतरनाक गेमप्लानको सूचना पाएपछि उच्च राजनीति नेतृत्वमा कुराकानी पनि भयो । स्रोतका अनुसार ती शक्तिकेन्द्रहरुको योजना असफल पार्न प्रमुख दलले आफ्ना कार्यक्रम तराई–मधेसमा केन्द्रित गर्न थालेका छन् ।

समाधान

तराई–मधेसमा आन्दोलनरत दलहरुलाई सकेसम्म चाँडो सहमतिमा ल्याएर संविधान संशोधन सवैभन्दा उत्तम विकल्प हो । सीमाङ्कनका विषयमा गर्न सकिने लेनदेन चाँडै गरेर सहमतिमा पुग्न प्रमुख दलहरु जति ढिला गर्छन्, नेपालमाथि अन्तर्राष्ट्रिय चासो र गेमप्लान थप बढने देखिन्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget