दलहरुलाई पूर्वराजा ज्ञानेन्द्रको चुनौति– मैले दरबारमात्रै छाडेको हुँ, घरबार हैन

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजतन्त्र फर्कन सक्ने संकेत गर्दै विगतमा आफू जनताको चाहना अनुसार मात्रै दरबारबाट बाहिरिएको बताएका छन् ।
Gyanendra_2118182f
२९४ औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा एकता र सदाशयताको आह्वान गर्दै ज्ञानेन्द्रले आफूले दरबार छाडेपछि घरबार नछाडेको बताएका छन् ।
उनको आह्वानमा भनिएको छ, ‘ शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सूख, सम्मृद्धी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छाडेको हुँ । तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन अनि नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन ।
पूर्वराजा ज्ञानेन्द्रले अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व भुमिका र भरोसा चाहेका छन् त्यो पनि खूलस्त हुनुपर्ने पक्षमा रहेको र त्यो समयको माग पनि भएको उनले बताएका छन् ।

उनले पुस २७ गतेलाई नेपाली भएर सोच्ने र सम्झने दिन भएको उल्लेख गर्दै भनेका छन, ‘ यही दिन यहांको पवित्र भुमिमा जन्मीएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहवाट नै हाम्रो यो आधूनिक राष्ट्रको संरचना र संयोजन भएको हो । ’

उनले अ िहले देश भित्र विधि व्यवस्था, भुरचना र शासन प्रशासनका कुरालाई लिएर अनेक बखेडा सिर्जना भएको उल्लेख गर्दै त्यो गलत भएको समेत बताए ।
उनले भनेका छन्, ‘ आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महगीं, अभाव, अनूत्पादन र वाह्य निर्भरतावाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले सांझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ । त्यो गम्भिर चिन्ताको विषय हो ।’

पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट २९४ औं पृथ्वी जयन्तीका उपलक्ष्यमा एकता र सदाशयताको आव्हान

नेपाली भएर सोच्ने, सम्झने दिन पूष २७ हो । यही दिन यहांको पवित्र भुमिमा जन्मीएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहवाट नै हाम्रो यो आधूनिक राष्ट्रको संरचना र संयोजन भएको हो ।
पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलीरहने चेतना र प्रेरणाको कूरा – राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सवै नेपाली यही फूलवारीमा जति बढी समाहित हून सक्छौ उतीनै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ । यस प्रकारको यूग चेतना हूंदा हूदै पनि अहिले हामी किन, कून्नि दिग्भ्रमित छौ । सोचनीय कूरा छ – देश भित्र अहिले विधि व्यवस्था, भुरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता वखेडा खडा भएका छन् यो कदापी राम्रो कूरा होइन । आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महगीं, अभाव, अनूत्पादन र वाह्य निर्भरतावाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले सांझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ– त्यो गम्भिर चिन्ताको विषय हो ।
अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व भुमिका र भरोसा चाहेका छन् खूलस्त हुनू पर्दछ भन्ने पनि समयको माग छ । त्यसैले शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्टबासीको सूख, सम्मृद्धी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छोडेको हूं । तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छाडेको छैन । अनी नेपाल र नेपालीको आधारको भार पनि परित्याग गरेको छैन ।
जय नेपाल ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget