गुगल ब्वाइको असामान्य स्मरण शक्ति कसरी ?

एजेन्सी– उनलाई धेरैले गुगल ब्वाइको संज्ञा दिन्छन् । कसैले चामत्कारिक स्मरण शक्ति भएका मानसिक रुपमा सशक्त र स्वस्थ बालक भन्न रुचाउँछन् । जसले जे भने पनि भारतका ५ वर्षीय अनमोल स्वामीको स्मरण शक्ति साधारण मानिसको भन्दा सयौ गुणा प्रभावशाली छ । उनको दिमागको क्षमताले विज्ञान र स्वास्थ्य क्षेत्रमा नै थप अध्ययन गर्नुपर्ने आवश्यकता देखाएको छ । यी पाँच वर्षीय बालकले आफूलाई सोधेका प्राय सबै प्रश्नको उत्तर दिन्छन् । विशेष गरी सामान्य ज्ञानको ।
भारतको प्रधान मन्त्री को भनेर कसैले सोध्ला । ‘नरेन्द मोदी’ उनले झटपट उत्तर दिन्छन् । त्यति मात्र होइन अहिलेसम्म भएका भारतीय प्रधानमन्त्रीका नाम नबिराई क्रमशः भन्छन् । उल्टो सुल्टो नबिराई सबै भन्छन् ।  भारतको मात्र होइन, विश्वका समसामयिक घटना र प्रश्नको उनले सही उत्तर दिन्छन् । क्युबा देखि इथोपियासम्म देशका राजधानीको नाम सोध्दा उनले सही जबाफ फर्काउँछन् ।
३ वर्षको उमेरदेखि नै उनमा अद्भूत स्मरण शक्ति देखिएको थियो । उनको यही क्षमताका कारण भारतीय नेता र मुख्यमन्त्री उनलाई विशेष हेरबिचार गर्नुपर्ने आवश्यकता औल्याउँछन् । यी दुर्लभ बालकले ३ वर्षसम्म एक शब्द बोलेनन् । तर, जब बोल्न सुरु गरे उनको गुणगान मात्र सुरु भयो ।
‘तीन वर्षसम्म अनमोलले एउटा शब्द पनि बोलेनन्,’ उनकी आमा रचना स्वामी स्मरण गर्छिन्, ‘हामीले एक जना चिकित्सककहाँ देखायौ । चिकित्सककले स्कुल भर्ना गर्न सल्लाह दिए । तत्कालै उनी बोल्न थाले ।’
स्कुल गएको केही दिनपछि नै अनमोलले आफ्नो परिवारलाई नै चकित बनाइदिए । एक दिन उनकी आमाले अनमोलकी जेठी दिदीलाई विभिन्न देशको सामान्य ज्ञान र राजधानीबारे पढाउँदै थिइन् । अनमोलले सुनिरहेका थिए। भोलीपल्ट मैले त्यही प्रश्न सोध्दा छोरीले जानिन तर अनमोलले केही नबिराई उत्तर दियो । त्यही दिनदेखि ऊ एक पटक सुनेको कुरा कहिल्यै पनि नर्बिसने रहेछ भन्ने थाहा भयो ।’
अनमोललाई भर्ना गरिएको मिरुटको विद्यालयले सन् २०१४ मा आाधिकारिक रुपमा गुगुल ब्वाइको संज्ञा दियो । दुई कक्षमा पढ्ने यी बालक विद्यालयमा एक पटक सुनेको भरमा सबै कुरा स्मरण गर्छन् ।
उनको अद्भूत स्मरण शक्तिदेखि अनमोलको घरमा प्रायजस्तो स्थानीय र क्षेत्रीय तथा राष्टिय सञ्चार माध्यमहरुको बाक्लो उपस्थित हुने गरेको छ । उनको दिमाग औषत मानिसहरुको भन्दा केही गुणा ठूलो भएकोले उनको स्मरण शक्ति असामान्य रहेको चिकित्सकहरु बताउँछन् ।
संसारमा जन्मिने नगन्य केही व्यक्तिहरुमा जन्मिदै अद्भूत स्मरण शक्ति हुने उनीहरुको भनाई छ । स्मरण रहोस् वैज्ञानकि अल्वर्ट आइन्सटाइनको स्मरण क्षमता र दिमागको आकार अन्य सामान्य मानिसहरुको तुलनामा धेरै गुणा बढी भएको बताइन्छ । -स्वास्थ्य खबरपत्रिका बाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget