महामन्त्रीमा युवाको उम्मेद्वारी : गगन थापा

माघ ३, २०७२- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको १३ औं महाधिवेशनमा युवा पुस्ताले महामन्त्रीमा उमेद्वारी दिने बताएका छन् । निर्णायक तह र पदाधिकारीमा युवाको भूमिका हुनुपर्ने भन्दै उनले अरु युवा अघि नसरे आफू नै महामन्त्रीमा उठ्ने बताए ।

दाङको घोराहीमा रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीका तीन शीर्ष नेताले अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने र दोस्रो तहका नेताहरु सभापति उम्मेदवार हुनुपर्ने पनि बताए । ‘पहिलो पुस्ताका नेता अभिभावक, अहिलेका महामन्त्रीहरु सभापति उम्मेदवार भए हुन्छ, महामन्त्रीमा युवाहरु आउँछन्,’ उनले भने ।
ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget