राजेन्द्र महतोलाई प्रधानमन्त्री ओलीको रेड कार्पेट, युवा संघको कालोझण्डा

काठमाडौ – काठमाडौंसँग सम्बन्धविच्छेद गरेर पाँच महिनादेखि तराई मधेशको आन्दोलनमा सक्रिय सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको’ भन्दै काठमाडौं आएका छन् ।

उनी काठमाडौं आएसँगै प्रधानमन्त्रीकै पार्टी निकट युवा संघ नेपालले कालो झण्डा देखाएर विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्रीले बोलाएर आफू काठमाडौं आएको महतोले बबताउपनि युवासंघले भने उनको विरोधमा कालोझण्डा देखाएको हो ।

आज दिल्लीबाट सिधै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई त्यहाँबाट बाहिरिने क्रममा कालोझण्डा देखाउँदै चर्का नाराबाजी युवासंघले नाराबाजी गरेको थियो ।

मधेस आन्दोलनका क्रममा आक्रामक रुपमा प्रस्तुत भएको भन्दै राजधानीमा उनको आलोचना भइरहेको थियो ।

यसो त राजेन्द्र महतोकै कारण नाकाबन्दी भएको बुझाई समेत राजधानीबासीमा परेको छ ।
यसैबीच युवासंघका प्रवक्ता प्रभात कटुवालले आफूहरुको आयोजनामा महतोलाई कालोझण्डा नदेखाएको बताउँदै कालोझण्डा देखाउनमा समर्थन भने रहेको रातोपाटीलाई बताए ।
उनले भने, ‘राष्ट्रियताको विषयमा केहि युवाहरुले प्रदर्शनको आयोजना गरेका रहेछन् । राष्ट्रियताको मुद्दामा सहयोग गर्ने युवासंघको नीति हो। सोहि अनुसार प्रदर्शनमा सहभागि भएका हौं ।’
यसो त केहि साता पहिले मात्रै युवासंघले महतो भारतीय नागरिक भएको दाबी गर्दै गृहमन्त्री शक्ति बस्नेतसामु छानबिनको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको थियो ।

महतो उपचारको लागि भन्दै गत पुस १७ गते मधेसबाटै दिल्ली गएका थिए ।


महतोले भने, ‘प्रधानमन्त्रीको विशेष आग्रहमा मात्र काठमाडौ आएको हुँ’

यसैबीच महतोका कार्यकर्ताहरुले भने उनको भब्य स्वागत गरेका छन् ।   उनलाई स्वागत  गर्न  सद्भावनासहितका मोर्चाका कार्यकर्ताहरु  विमानस्थल पुगेका थिए।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget