सञ्जयको आरोप : करिश्माले पैसाका लागि मात्र मसँग बिहे गरेकी रहिछन्









करिश्मा कपुर र उनका पति सञ्जय कपुरबीचको सम्बन्धमा झन् भाँडभैलो थपिएको छ । वैवाहिक जीवनमा बेमेल आएर छुट्टिएको यो जोडीको सम्ब्न्धबिच्छेद गर्नमा पनि अशान्त देखिएको छ ।
सन् २००३ मा बिहे गरेर करिब ११ वर्ष वैवाहिक सम्बन्धमा रहेका करिश्मा–सञ्जयले सम्बन्धबिच्छेद गर्ने क्रममा करिश्माले सञ्जयबाट अंश लिँदा बलिउडमा ठूलै तहल्का मच्चिएको थियो । किनकी उनीहरुको सम्बन्धबिच्छेदलाई बलिउडकै ठूलो सम्बन्धबिच्छेद मानिएको थियो ।
बताइएअनुसार सञ्जयले सम्बन्धबिच्छेदका लागि अदालतमा नयाँ दिवेदन दर्ता गराएका छन् । सञ्जयकाअनुसार करिश्माले सम्बन्धबिच्छेदका लागि आपसी सहमति तोडिरहेकी छिन् ।
एकातिर करिश्माका वकिलले सञ्जयले नै सर्त पुरा नगरेकाले सहमति भंग भएको बताएका छन् ।
अर्कोतिर सञ्जयले करिश्माले अाफूसँग पैसाका लागि मात्र बिहे गरेको आरोप लगाएका छन् । सञ्जयले भनेका छन्,‘करिश्माले पहिलेको सहमतिलाई मिचेर आफूले अझै बढी अंश पाउनुपर्ने बताएकी छिन् । अभिषेक बच्चनसँग ब्रेकअप लिएर सन् २००३ मा मसँग बिहे गरेकी करिश्मा न असल श्रीमती बन्न सकिन् न असल बुहारी बन्न सकिन् न त असल आमा नै बन्न सकिन् ।’
सञ्जयले मुम्बईको बान्द्रा अदालतमा दर्ता गराएको निवेदनमा भनिएको छ,‘करिश्माले हाम्रा बच्चालाई मेरोविरुद्ध प्रयोग गरिरहेकी छिन् । उनी बढीबढी पैसा माग्दै मेरो परिवारसँग बच्चालाई भेटाउँदिनन् । उनले हाम्रो बच्चालाई मेरो बिरामी पितासँग पनि टाढै राखिन् । पिताको बच्चासँग भेट्ने ठूलो इच्छा थियो । उहाँ ६ महिनाअघि बित्नुभयो ।’
सन् २०१४ मा सञ्जयबाट छुट्टिएकी करिश्माले छुट्टिएको करिब एक वर्षमा सञ्जय सहमतिअनुसार नगएको भन्दै सहमतीय निवेदन फिर्ता लिएर अदालतमा नयाँ उजुरी दर्ता गराएकी थिइन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget