भारतभन्दा पहिले आफ्नो मुलुकमा नेपालका प्रधानमन्त्रीले भ्रमण गरुन् भन्ने चाहन्छ चीन

 भारतभन्दा पहिले आफ्नो मुलुकमा नेपालका प्रधानमन्त्रीले भ्रमण गरुन् भन्ने चाहन्छ चीन
काठमाण्डुाै ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत भ्रमणका बारेमा उत्तरी छिमेकी चीनले अनौपचारिक र औपचारिक रुपमा चासो व्यक्त गर्न थालेको छ ।
भारतभन्दा पहिलो प्रधानमन्त्री ओलीलाई आफुनो मुलुक भ्रमण गराउने चाहना व्यक्त गरेका चिनियाँ अधिकारीले ओली सरकारका मन्त्रीहरुसँग उनको भारत भ्रमणबारे चासो व्यक्त गर्न थालेका हुन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमण कहिले हुँदैछ ?’ वन तथा मूसंरक्षणमन्त्री अग्नि सापकोटालाई बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन फङ सियाङले बिहीबार सोधेका थिए ।
जबाफमा मन्त्री सापकोटाले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भइरहेको छ । ’ भारतको नाकाबन्दीले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे सापकोटाले छनसहित चिनियाँ अधिकारीहरुलाई जानकारी गराए पनि उनीहरुले त्यसबारे थप टिप्पणी गरेका थिएनन् । सापकोटा ६ दिने चीन भ्रमण पूरा गरी आइतबार काठमाण्डु फर्केका छन् । अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget