निजी मोटरसाइकलले अब अाउने बुधबार, शुक्रबार र सोमबार तेल पाउने

नेपाल आयल निगमले यही बुधवार, शुक्रबार र सोमबार गरी तीन दिन निजी मोटरसाइकललाई तेल दिने भएको छ। निगमले कोटा प्रणालीमा एक मोटरसाइकललाई ५ लिटर तेल दिन लागेको निगम प्रवक्ता मकुन्द घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार बुधबार १ देखि ३० लटसम्मका, शुक्रबार ३१ देखि ५० लट र सोमबार ५१ देखि माथिका लटका मोटरसाइकलले तेल पाउने छन्।निगमले तेल वितरण गर्ने पम्पमा अघिलो दिनमै तेल पठाउने र तेल वितरण विहान ९ बजेबाट नै हुने जनाएको छ।
यस अघि नेपाल आयल निगमले मंसिर २२ गतेदेखि २८ गतेसम्म १ दिन बिराएर कोटा प्रणालीमा लटअनुसार मोटरसाइकल तथा स्कुटरलाई तेल वितरण गरेको थियो।
निगमले बारम्बार तेल वितरण गर्ने भने पनि करिब ४५ दिनपछि मात्र मोटरसाइकललाई तेल दिन लागेको हो।.setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget