तिलाराकोटमा बुद्धको मुख्य दरबार भेटियो

काठमाडौं, माघ ५ ।  विश्व शान्तिका अग्रदुत गौतम बुद्धको क्रिडास्थल तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरवारका ठूला अवशेषहरु फेला परेका छन् । यूनेस्को तथा जापानीज फण्ड ट्रष्टको आर्थिक सहयोगमा बेलायतको उच्चप्रविधि र विज्ञसहित नेपालका पुरातत्व अधिकारीहरुको संयुक्त टोलीले उत्खन्न गर्नेक्रममा मुख्य दरवार फेला परेको हो ।
उत्खन्न एवं अन्वेषणमा संलग्न विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. मदनकुमार रिमालले गत वर्ष गरिएको जीओ फिजीस सर्भेको आधारबिन्दुमा उत्खन्नको गर्दै जाँदा मुख्य दरबारको अवशेष भेटिएको जानकारी दिए ।
उत्खनन्का क्रममा अहिलेसम्म भेटिएको यो नै सबैभन्दा ठूलो संरचना हो । त्यसैले यो शाक्यमुनि गौतमबुद्धका पिता राजा शुद्धोदनको दरबार हो भन्ने हाम्रो विश्वास छ’, डा रिमालले भने, ‘यो सबैभन्दा ठूलो छ, बीच भागमा अवस्थित छ । चारैतर्फ ठूल्ठूला ढोका छन्, दुई वटा सैनिक बस्ने पोष्ट पनि भेटिइसकेको छ । यो दरबार इँटको नभई काठले बनेको हुनुपर्छ ।’
डा. रिमालले मौर्य सम्राट चन्द्रगुप्त मौर्यदेखि सम्राट अशोकसम्मका प्राचिन दरबारहरूमा इँटा नहुने भएकाले काठले बनेको बताए । ‘बुद्धकालीन इँटा भेटिएका छैनन्, बुद्धकै दरबारमा पछि इँटाका पर्खाल लगाइएको हुनसक्छ’, उनले भने, ‘अर्को साता हामी तल्लो तहको उत्खनन्मा लाग्छौं । त्यसबेला खाँबा खोज्छौं । अहिले हामी बनौट हेर्दैछौं ।’ उनले अहिले भेटिएको संरचना शाक्यमुनि बुद्धका पिता शुद्दोदनकै हो भन्ने विश्वास पनि व्यक्त गरे ।
रिमालका अनुसार, मुख्य दरबार सय मिटर लम्वाइ सय मिटर चौडाइ वर्गमिटरमा फैलिएको फेला परेको छ । उत्तरपूर्वी कोठाबाट दक्षिणतर्फ २५ मिटर लम्बाइ १० मिटर चौडाइ उत्खन्न गर्दा मुख्य दरबारका पाँच वटा कोठा फेला परेका छन् । जमिनको माथिल्लो सतहदेखि तल २५ देखि ३० सेण्टिमिटर गहिराइ उत्खन्नमा उक्त ठूलो शहरको वास्तुशास्त्रको रुपमा व्यवस्थित मुख्य दरबारका अवशेषहरु फेला परेको छ ।
दरवार प्रवेश एवं निकास गर्नका लागि उतर दक्षिण र पुर्व पश्चिम बाटोतर्फका चार वटा टोकाहरु समेत फेला परेका छन् । अहिले दरवारक्षेत्रको ७० वर्गमिटर मात्रै उत्खन्न गर्ने योजना रहेको छ । यसैगरी पूर्व पश्चिम र उत्तर दक्षिणको दोहोरो बाटो र सुरक्षा जाँचको गार्ड रुम समेत फेला परेको उत्खन्नमा संलग्न टोलीले जानकारी दिए । बाहिरी पर्खाल १५० सेन्टिमिटर चौडा रहेको छ ।
उत्खन्नमा मौर्य र कुषाण कालिन माटाका विभिन्न भाडाकुडाका टुक्राहरु, विभिन्न जनावारका मुर्तीका टुक्राहरु र एउटा तामाको सिक्का समेत फेला परेको सहप्राध्यापक रिमालले बताए । उक्त दरवार क्षेत्रको उत्खन्नको नेतृत्व त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रिय विभागका सहप्रध्यापक डा। रिमाल, बेलायतको दुरहाम युनिभर्सटीका प्रोफेसर डा. रविन कनिङ घम, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र लुम्विनी विकास कोषका प्रमुख पुरात्तव अधिकृत कृष्ण केसीले संयुक्त रुपमा गरिरहेका छन् ।
मुख्य दरबारसंगै तिलौराकोटमा तीन ठाउँमा छुट्टाछुट्टै तीनवटा टोलीले उत्खन्न गरिरहेका छन् । सेन्टर वाल्क वेको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, पूर्वीद्वारतर्फको सुरक्षा किल्लाको लुम्विनी विकास कोषका पुरातत्व अधिकुत हिमाल उप्रेतीले उत्खन्नको नेतृत्व गरिरहेका छन् । सुरक्षा किल्ला उत्खन्नमा द्वार रुपमा अवषेश फेला परेको छ ।
जुनद्धार दरवारदेखि बाहिर कन्थकस्तुपसंगै रहेको ठूलो विहारमा गतवर्ष उत्खन्नमा एक घैटो ४९८ वटा मौर्यकालिन चाँदीका सिक्का फेला परेकोसंग सिधैं समानान्तर दुरीमा छ । साथै तिलौराकोट दरवारक्षेत्रमा जिओ फिजीक्स सर्भे, अंगरिङ, नक्साङकन, उत्खन्न, भिजिर्टस सर्भेको काम भइरहेको छ ।
एक टोलीले तिलौराकोटको वरिपरी पदमार्गको समेत अन्वेषण गरिरहेको छ । उक्त कार्यको नेतृत्व वेलायत दुरहाम युनिर्भसीटीका डा. मार्क, पुरातत्व विभागका अधिकारी सुवास डंगोल, कोषका शंकर धितालले गरिरहेका छन् ।
उत्खन्न एवं अन्वेष्णको कार्य यसवर्ष पुस २७ देखि सुरु गरी फागुन १५ गतेसम्म जारी राखिने टोलीले वताएका छन् । अर्को एक टोलीले कुदानको मुख्य स्तुपादेखि उतरतर्फ उत्खन्न गरिरहेको छ । त्यसको नेतृत्व त्रिभुवन विश्व विद्यालयका प्राध्यापक मन्जु सिंह भण्डारी, वेलायतका डा. केएरी, कोषका ध्रुवनारायण पाण्डेयले गरिरहेका छन् ।
यसैगरी पुरातत्वको टोलीले अरौराकोटमा अंगरीङ र सर्भेको कार्य गर्नेछ । गोटीहवा, चत्रादेही, दोहनी र संग्रहवामा समेत भू–भौतिक सर्भेक्षण गर्ने योजना बनाएको छ । गतवर्ष टोलीले दरवारको उत्तर समयमाई मन्दिर नजिक उत्खन्न गर्दै जाँदा चारफिट गहिराई उक्त एतिहासीक ग्रागीको पिँध फेला परेको थियो। दरवार बाहिर ठूलो विहारमा मौर्यकालीन एकगाग्री चादीका सिक्का फेला परेका थिए ।
सुरक्षा गार्ड कोठा र कम्पेक्स पनि फेला परेका छ । अन्वेषण टोलीले उत्खन्न, जमीनमुनी ड्रिल अंगरीङ, जमीन मुनीको एक्सरे (जीओ फिजिक्स सर्भे) अध्ययन गर्दै नक्सा तयार गर्ने कार्यपनि संगसगै गरिरहेका छन् ।
उत्खन्नमा वेलायत दुरहाम युनिभर्सटीका प्रोफेसर डा. रविन कनिङ घमको नेतृत्वमा ७ जना, त्रिभूवन विश्व विद्यालयको तर्फबाट डा. मदनको नेर्ततवमा १५ जना, नेपाल सरकार पुरातत्व विभागकोतर्फबाट पूर्वमहानिर्देशक पुरातत्वीद कोषप्रसाद आचार्यको नेतृत्वमा ५ जना, कोषका तर्फबाट ५ जना, स्वयसेवक ७ जना उत्खन्न एवं अन्वेषणमा खटिएका छन् ।
पुरातत्वको अन्तराष्ट्रिय मापदण्ड र नियम अनुसार उत्खन्नसंगसगैं अनुसन्धान जारीरहेकोले फेला परेका वस्तुहरुको वैज्ञानिकढंगले मिती तय गर्न र संस्कृतीको अनुसन्धान गरिने पुरातत्व विभागका पूर्वमहानिर्देशक पुरातत्वविद कोषप्रसाद आचार्यले बताए । टोलीले तेस्रोचरण अन्र्तगत एक साताअघिदेखि तिलौराकोटमा उत्खन्न थालेको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget