धर्नाकारीमाथि पेट्रोल बम प्रहार, ७ घाइते, भारतीय प्रहरीको हस्तक्षेप (अपडेट)

वीरगन्ज- एकसय पाँच दिनदेखि वीरगन्ज नाकामा धर्नामा बसेका अान्दोलनरत मधेसी मोर्चाका कार्यकर्तालाई भारततर्फबाट अाएका अाक्रोशित स्थानीय र व्यापारीले अाक्रमण गरेका छन्। बिहान करिव दशबजे सीमापरिबाट २०-२५ जनाको संख्यामा अाएका भारतीयहरू र धर्नाकारीबीच भनाभन सुरू भएको थियो।

दुइ पक्षबीच तनाव बढेपछि भारतीयहरूले धर्नाकारीमाथी अाक्रमण सुरू गरेको मोर्चाका कार्यकर्ताले जानकारी दिएका छन्।

अहिले दुबै पक्षबीच ढुंगा हानाहान भैरहेको छ। वीरगन्ज नाका तनावग्रस्त छ। पर्साका एसपि राजुबाबु श्रेष्ठले वीरगन्ज नाकामा तनाव बढेको पुष्टी गर्दै दुबै पक्षबीच हानाहानको स्थित रहेको बताए। मोर्चाका कार्यकर्ताले भारतीय तस्करहरूले अाफ्ना सामान छुटाउनका लागि अफूहरूमाथि अाक्रमण गरेको बताएका छन्।

लामो समयदेखिको नाकाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएपछि नेपाल र भारत तर्फका सीमावर्ती सहरका व्यापारी/व्यावसायिहरूको कारोबार ठप्पप्राय छ।

अापडेटः

झडपमा सातजना धार्नाकारी घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये २४ बर्षीया चुन्नु मिश्र गम्भीर छन्। भारतीय समूहले धर्नाकारी तर्फ पेट्रोल बम प्रहार गरेका थिए। करिब अाधा घण्टा चलेको दोहोरो झडप पछि दुबै तर्फ प्रहरी परिचालन बढाइएको थियो। भारतीय प्रहरीले दोहोरो झडप भएपछि भारत तर्फका अान्दोलनकारीलाई भारततर्फै लगेको थियो।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget