पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल लिटरको ९९ रुपैयाँ

४ माघ, काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोल, डिजेल र मटितेलका साथै हवाइ इन्धनको मूल्य घटाएको हो ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागेपछि आयल निगमले मूल्य समायोजनको निर्णय गरेको हो ।
निगम प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ घटेको छ र ९९ रुपैयाँ कायम भएको छ । यसअघि १०४ रुपैयाँ थियो ।
यसैगरी डिजेल र मटितेलको मुल्य ६ रुपैयाँ मूल्य घटेको छ र लिटरको ७५ रुपैयाँमा आइपुगेको छ ।
हवाइ इन्धनको मूल्य ९८ रुपैयाँ घटेको छ । २३२ बाट घटेर १६४ रुपैयाँ कायम गरिएको छ । नाकाबन्दीका कारण एयर लिफ्ट गरेर ल्याएका कारण मूल्य बढाइएको थियो ।
एपीजी ग्यासको मूल्य भने पुरानै कायमै छ । यसमा २४२ रुपैयाा घाटा रहेको निगमले जनाएको छ ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget