थानकोट डिपो भरियो, ट्यांकरले तेल खन्याउन पाएनन्

फोटो :फाइल फोटो
मोटरसाइकल र ट्याक्सीलाई तेल दिइने
काठमाडौं : नेपाल आयल निगमको थानकोटस्थित डिपोको ट्यांकी भरिएपछि ११ वटा ट्यांकरले  सोमबार पेट्रोलियम खन्याउन पाएनन् ।

उपभोक्ताले पेट्रोलियम नपाएर हाहाकार भइरहेका बेला नेपाल आयल निगमको लापरबाहीले ट्यांकरले इन्धन खन्याउन नपाएका हुन् ।

थानकोटस्थित डिपो भरिएपछि सोमबार आएका ११ वटा ट्यांकरको इन्धन सिधै पेट्रोल पम्पलाई बितरण गरिने भएको छ ।

यसैबीच आपूर्ति मन्त्री गणेशमान पुनले पेट्रोलियमको मौजदात हेरेर वितरण प्रणालीलाई तत्काल सहज पार्न निर्देशन दिएका छन् ।

मंगलबार मोटरसाइकललाई इन्धन दिइने
निगमले मंगलबार निजीक्षेत्रका मोटरसाइकललाई इन्धन बितरण गर्ने योजना बनाएको छ ।

सोही योजनालाई कार्यान्वयनमा ल्याउन थानकोटको डिपोको क्षमताभन्दा बढी आएको इन्धन प्रयोग गरिनेछ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार थानकोटको डिपो अहिले पूर्णरुपमा भरिएको अवस्थामा छ ।

सोमबार आएको ११ ट्यांकरको इन्धन उक्त डिपोमा राख्न सक्ने अवस्था नभएकाले उक्त परिमाणको इन्धन मंगलबार निजीक्षेत्रका मोटरसाइकललाई बितरण गरिनेछ ।

थानकोट डिपोमा अहिले करिब ५० लाख ७० तेल भण्डारण गरिएको छ । थानकोट डिपोको क्षमता १९ लाख लिटर छ ।

लट संख्याका आधारमा निगमले सोमबार, बुधबार र शुक्रबार पाँच लिटरका दरले इन्धन दिने भएको छ ।

त्यसैगरी साताको दुई पटक मंगलबार र बिहीबार जोर बिजोरको आधारमा १० लिटरका दरले निजीक्षेत्रका ट्याक्सीलाई पेट्रोल बितरण गर्ने योजना पनि निगमले तयार पारेको छ ।annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget