सुटिङ गर्दागर्दै बलिउड अभिनेता राजेशको निधन



सुटिङ गर्दागर्दै ‘हर्ट अट्याक’ भएपछि ६६ वर्षीय बलिउड अभिनेता राजेश विवेकका निधन भएको छ । हैदरावादमा एक दक्षिण भारतीय फिल्ममा अभिनय गरिरहेको बेला हर्ट अट्याक भएपछि उनलाई हैदरावादकै एक अस्पताल पुर्‍याइएका थियो । उपचारकै क्रममा उनकाे निधन भएकाे हाे ।
श्याम बेनेगल निर्देशित ‘जुनुन’ फिल्मबाट बलिउडमा डेब्यु गरेका राजेश आमिर खानसँग अभिनय गरेको फिल्म ‘लगान’ मा निभाएको ‘गुरन’ को भूमिकाबाट चर्चित भएका थिए । तीसभन्दा बढी फिल्ममा अभिनय गरेका उनी राजेश त्रिदेव, अग्नीपथ, राम तेरी गंगा मैलीजस्ता फिल्मबाट बढी चिनिन्छन् ।
उत्तर प्रदेशको जौनपुरबाट एमए गरेका राजेशले पछि दिल्लीस्थित ‘नेसनल स्कुल अफ ड्रामा’ कलेजमा नाटक पढेका थिए । उनी चरित्रलाई जिवन्त तरिकाले निभाउन सक्ने अभिनेता मानिन्थे । राजेशले महाभारत, अघोरी, भारतलगायतका टेलिभिजन श्रृंखलामा पनि अभिनय गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget