प्रधानमन्त्री ओलीले भने, ‘अब ग्याँस ल्याईदिने कुरै नगरौँ, पत्रकारले ‘हावादारी’ भन्छन्’

काठमाडौंँ– ‘यो के गरेको ?’ सिंहदरबारस्थित महिला बालवालिका तथा समाजकल्याण मन्त्रालय पछिल्तिरको खुल्ला ठाउँमा खानेकुरा पकाउँदै गरेको देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोधे । सहयोगीले उत्तर दिए, ‘हजुर क्यान्टिनमा ग्याँस सकिएछ, त्यसैले दाउरामा चिया खाजा बनाउन थाल्नुभएको ।’

सहयोगीले यस्तो उत्तर दिएसँगै प्रधानमन्त्रीले भने, ‘ए ! के गर्नु अब, ग्याँस दिन्छु भन्यो भने ‘हावादारी गफ भन्छन् ।’ आफ्नो वरिपरी नजर डुलाउँदै उनले फेरी थपे, ‘अहिले पत्रकारले सुने भने ‘हावादारी’ भन्न थाल्छन्, यहाँ विकासको त कुरै गर्नु हुँदैन ।’ त्यसपछी सिंहदरबार भित्रै दाउरामा खानेकुरा पकाएको हेर्दै प्रधानमन्त्री अगाडी बढे ।

शुक्रबार एमाले उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भनेका थिए ‘अब सिलिन्डरको फेज समाप्त भयो । कहिले ग्यासको बुलेट आउला भनेर हेर्ने दिन गए । अलिकति समय दिनुहोस्, फोहोरबाट ग्यास निकालेर घरका चुलाचुलामा ग्यासको पाइप फिट गरिदिन्छु । चुलाचुलामा ग्यासको पाइप हुन्छ, भित्तामा मिटर टाँसिन्छ, जति बाल्नुहुन्छ, त्यसको पैसा तिर्नुहोस् ।’प्रधानमन्त्री ओलीको यो भनाईको हावादारी भन्दै आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्रीले आइतवार यस्तो प्रतिक्रिया दिएका हुन् ।

एक साताअघि मात्रै प्रधानमन्त्रीले हावाबाट बिजुली निकाल्ने योजना यसरी नै सुनाएका थिए । उनले भनेका थिए,, ‘हावाबाट बिजुली निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्त्य गरेरै छाड्ने योजनाअनुसार सरकारले काम गरिरहेको छ । हावाबाट बिजुली निकाल्ने कुरा कठिन छैन । फर्पिङमा हावाबाटै बिजुली निकालेर गाउँ नै झलमल भएको छ । तर, यस्ता काम गर्न खोज्दा विपक्षी आत्तिएका छन् । यस्ता कुरा सुनेपछि केही–केहीलाई तिरिमिरी–झ्याइँ भएको छ ।’

KP-oli-samodhan

आईतबार संसदको विकास समितिमा भुकम्प पछिकोे राहत तथा पुनः निर्माणको अवस्थाबारे जवाफ दिन पुगेका प्रधानमन्त्री ओलिले तराई आन्दोलनतिर संकेत गर्दै पछिल्लो राजनैतिक गतिविधिले पुनर्निमाणमा असर पारेको बताए ।

त्यस्तै हिउँ परेको ठाउँमा मेडिकल टिम र न्यानो कपडा पठाउने अन्तिम तयारी भएको जानकारी दिँदै उनले भने, ‘हिउँ परेको ठाउँमा बस्नै नसक्ने अवस्था भए ति परिवारलाई अन्यत्र सारेर पनि बसोबासको ब्यवस्था मिलाउँछौँ ।’

हिँउ परेको ठाउँमा आजै उद्धार र राहतको काम गरिने जानकारी गराउँदै प्रधानमन्त्रीले भने, ‘धेरै मान्छे अट्ने खालको ठुला ठुला अस्थायी संरचना बनाएर भुकम्प प्रभावितहरुलाई राख्ने प्रक्रिया अगाडी बढेको छ, प्रक्रिया मिलाउँदा केही ढिला भएपनि यो काम चाँडै गर्दैछौँ ।’

त्यस्तै मुगु जिल्लामा खाद्यान्न अभाव भएको कुरा जानकारीमा अएको भन्दै प्रधानमन्त्री ओलिले एक दुई दिनमै मुगुमा खाद्यान्न पुर्याईने जानकारी दिए । ‘जाडोबाट बच्न राहतको काम जारी राख्दै पुनः निर्माणको काम पनी शुरु गर्छौ’ उनले भने, ‘ढुवानीको समस्या भएको ठाउँमा त्यहीँको साधन स्रोतको उपयोग गरेर कसरी पुनर्निर्माण गर्ने भन्नेबारे बिचार विमर्श गर्दै छौँ ।’

दुई साता भित्र गाउँ–गाउँमा ओभरसियर

पुनर्मिमाण अभियान अन्तर्गत सरकारले दुई साताभित्र भुकम्प प्रभावित बस्तिहरुमा ओभरसियर र ईजिन्यर पठाउने भएको छ । आईबार विकस समिति बोल्दै शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले यस्तो जानकारी दिएका हुन् ।

भुकम्प प्रावित हरुलाई दिने भनिएको दुई लाख रुपैयाँ तिन किस्तामा दिने तयारी गरिएको जानकारी दिँदै शर्माले भने, ‘अबको दुई साताभित्र हरेक इलाकामा ईन्जिनीयर र गाविसहरुमा ओरसियर पठाएर पुनर्निमाणको काम शुरु गर्दै छौँ ।’ ईन्जिनीय र ओभरसियरको रिपोर्टपछि सरकारले दिने भनेको दुई लाख मध्यको पहिलो किस्ता निकासा गरिने उनले जानकारी दिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget