चीनको यस्तो प्रतिवद्धता : नेपाललाई ज्यान दिएर भएपनि पुनःनिर्माणमा सघाउछौ

 चीनको यस्तो प्रतिवद्धता : नेपाललाई ज्यान दिएर भएपनि पुनःनिर्माणमा सघाउछौ
काठमाण्डौं ४ माघ । चीनले नेपालको विकासमा दीर्घकालीन प्रभाव पार्ने परियोजनामा फ्रेमवर्कसहित सघाउने प्रतिबद्धता दोहोर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलसँग आइतबार भएको भेटवार्तामा चीनका अर्थमन्त्री ली जुवेईले पूर्वतयारीका साथ फ्रेमवर्क बनाएर नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाएका हुन् ।
उनले नेपाल र चीनबीच इन्धन, व्यापार सम्झौता, पारवहन सन्धि, बिप्पा, फ्री व्यापारलगायत विषयमा सैद्धान्तिक सम्झौता भइसकेकाले होमवर्क गरिरहेको र त्यसबारे चाँडै निर्णय गर्ने बताए।
एआइआइबीको उद्घाटन तथा बोर्ड अफ गभर्नरको बैठकमा भाग लिन आएका अर्थमन्त्री पौडेलले तिब्बत–काठमाडौं रेल, प्रसारण लाइन, सडक, एयरपोर्टमा लगानी गर्न चीनलाई आग्रह गरे । उनले जोमजोम–बेनी–पोखरा–लुम्बिनी रेलमार्गमा पनि लगानी गर्न आग्रह गरे ।
जवाफमा चिनियाँ अर्थमन्त्री लीले नेपाललाई प्राथमिकताका साथ सहयोग गर्न तयार रहेको बताए । ‘फ्रेमवर्क बनाएर टुंग्याउनुपर्छ भन्ने जवाफ चिनियाँ अर्थमन्त्रीज्यूको थियो,’ भेटवार्तामा सहभागी एक उच्च अधिकारीले भने ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget