भोलिसम्ममा निष्कर्षमा पुग्छौं, नाका पनि खुल्छ : प्रचण्ड


फोटो :फाइल फोटो
कैलाली : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी दलसँगको वार्ता सहमति नजिक पुगेको बताउँदै भोलिसम्ममा निष्कर्ष निस्कने बताएका छन् ।

धनगढीमा कार्यालय प्रमुखहरुसँगको भेटमा उनले आफ्नो संविधान जारी गर्दा भारतबाट विश्वले पनि कल्पना नगरेको नाकाबन्दी ब्यहोर्नुपरेको बताउँदै यसको समाधान सरकार जुटिरहेको बताए ।

‘नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सामना गर्ने गरी अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘आन्दोलनरत मधेसवादी मोर्चासँग छलफल भइरहेको छ, समझदारीको नजिक पुग्दैछौं र भोलिसम्म निष्कर्षमा पुगिन्छ भन्ने आशा राखेका छौं । त्यसपछि नाकाबन्दी पनि हट्ने अवस्था छ । नाका खुलाउन सरकारले भारतसँग कुटनैतिक गरिरहेको छ ।’


उनले थारु र मधेस आन्दोलन लगायतका विषय आन्तरिक भएको बताउँदै यसलाई आन्तरिक ढंगले छलफल र वार्ताबाट हल गर्ने जानकारी दिए ।

संविधानको घोषणापछि देश विकासतर्फ जाने सोच राखे पनि आफूहरुले सोचेजस्तो नभएको उनको भनाइ थियो ।

‘थारु आन्दोलन र मधेस आन्दोलनको सामना गर्नुपर्यो‍ । संविधानको घोषणापछि नाकाबन्दी भयो’, उनले भने, ‘हामीले मात्र होइन, नेपालीले संविधान बनाउँदा हामीले मात्र होइन विश्वलेसमेत कल्पाना नगरेको नाकाबन्दी खेप्नुपर्यो‍ ।’

कैलाली जिल्ला विषम परिस्थितिबाट गुज्रिएको अध्यक्ष प्रचण्डले बताए । ‘सबैले संयमता अपनापछि क्रमशः सन्तुलनमा आयो’, उनले भने, ‘यसको निम्ति तपाईँहरुले लिनुभएको पहलप्रति सरकार सञ्चालन संयन्त्रको प्रमुखको हैसियतले धन्यवाद दिन चाहान्छु ।’
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget