भारतको नेपाल निल्ने दाउ : प्रचण्डले गरे यस्तो खुलासा

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण छिमेकी भारत नेपालको केही भूभाग खोस्न राजनीतिक र फौजी दुवै रणनीतिका साथ अघि बढेको दाबी गरेका छन् । लाजिम्पाटस्थित निवासमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले भारतले उपेन्द्र यादव र महन्थ ठाकुरलाई ‘पोलिटिकल विङ’ र सिके राउत र जयकृष्ण गोइतलाई ‘मिलिटरी विङ’ का रुपमा प्रयोग गरेको बताए ।
भारतले मधेसमा सिक्किम, इष्ट पाकिस्तान वा क्रिमियामध्ये कुनै एक मोडल अपनाउन खोजेको उनको भनाइ थियो । ‘भारत मधेसका आठ जिल्लालाई सिक्किम, इष्ट पाकिस्तान वा क्रिमिया बनाउने रणनीतिका साथ आएको छ’, उनले भने, ‘पोलिटिकल विङ’ का रुपमा महन्थ र उपेन्द्रलाई अनि मिलिटरी विङका रुपमा सिके राउत र गोइतलाई प्रयोग गरिरहेको छ ।’
मधेसको नेतृत्व लामो समयदेखि कम्युनिष्ट शक्तिले गर्दै आएकामा त्यसबाट खोसेर सामान्त र दलाल वर्गको हातमा नेतृत्व लैजाने भारतीय द्येय रहेको उनले बताए । प्रचण्डले नेपालमा नाकाबन्दी गरेर भारतले संसारभर बदनामी कमाएकाले संविधान संशोधन भएलगत्तै नाकाबन्दी खुल्ने उल्लेख गरे ।
नेपालमाथि नाकाबन्दी लगाएका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक ग्राफ बाहिर मात्र नभएर भारतमा समेत झरेको उनको भनाइ छ । ‘नाकाबन्दी नखुल्दा हामीलाई दुःख त भएको छ’, प्रचण्डले भने, ‘तर भारतको संसारभर बदनामी भएको छ, मोदीको ग्राफ निकै तल झरेको छ ।’ काठमाण्डु टुडेबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget