धादिङको गहना पसलबाट ३५ लाख बराबरको चोरी

माघ ४, २०७२- पृथ्वीराजमार्गको महादेवबेसी बजारस्थित गहना पसलबाट सोमबार बिहानीपख ३५ लाख बराबरको गरगहना तथा नगद चोरी भएको छ ।

बजारको पुरानो गहना पसलमध्यको पशुपती सुनचाँदीपसलमा सटरको ताला काटेर चोरहरुले गहना र नगद राखेको सेफ नै उठाएर लगेका छन् । उक्त सेफको तौल करिव अढाई सय केजी रहेको गहना पसल संचालक लव सुनारले बताए । सेफमा ४० तोला बराबर ग्राहकहरुका बनाउन दिएका गहना र बन्धक राखेका गहनाहरुसागै ७ लाख नगद रहेको संचालक सुनारले बताए । पसलमै करिब ३ केजी चाँदीका गहनाहरु भएको अर्को सेफ चोरले लिएका थिएनन् ।

छानबिनका लागि घटनास्थल पुगेका जिल्ला प्रहरी प्रमुख सविन प्रधानका अनुसार प्रारम्भिक अनुसन्धानमा चोरी पेसेवर चोरको समुहले सुनियोजित र पूर्व अध्ययन गरि गरेको देखिन्छ ।

‘सवारी साधनका रुपमा जीपको समेत प्रयोग गरेको प्रारम्भिक अनुमान गरेका छौं,’ प्रनाउ प्रधानले भने, ‘मध्यरात एकजना मात्रै छाता ओढेर पसल अगाडी आई नियमित रुपमा रातभर बल्ने बल्बको लाइन काटेर अध्याारो बनाएपछि मात्रै अरु व्यक्ति सटरसम्म पुगेको देखिन्छ ।’ चोरी गर्ने समुहले घटनास्थलमा प्रयोग गरेको पुरानो छाता पनि छोडेका छन् ।

चोरी गर्ने समुहले फलाम काट्ने आधुनिक औजार, कैंची प्रयोग गरि ताल्चा काटेर सेफ निकाली भागेका अनुमान गरिएको छ ।

घटनास्थल देखि ३० मिटर परको देव विकास बैंकका सुरक्षा गार्ड कपिल रिजालले करिब १२ बजे आफूले  चारै तिर हेर्दा केहि नदेखेको बताए । ‘चोरी भएको सुन पसल र बैंककोबीचमा रहेको पानीधारामा मान्छेहरु आउने भएकोले १ बजेदेखि ३ बजे सम्मको बीचमा चोरी गरि सेफलाई सानो गाडीमा राखेर भागेको देखिन्छ,’ प्रनाउ प्रधानले भने ।
ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget