विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं, पुस ८ । व्यवस्थापिका संसद्को वातावरण समितिले वातावरण मैत्री सवारी साधन अविलम्व सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार एवम् यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले सवारी साधन सञ्चालनमा उचित व्यवस्थापन हुन नसकेको ठहर गर्दै उचित व्यवस्थापन गर्नसमेत निर्देशन दिएको हो ।
बैठकमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारले पर्याप्त कानुनको अभावका कारण यातायात क्षेत्रको विकास र व्यवस्थापनमा कठिनाई भइरहेको बताए ।
उनले विज्ञहरुको सल्लाह र सुझाव लिएर निकट भविष्यमै वातावरण मैत्री सवारी र विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइने बताए । विद्युतीय सवारी साधनको बढी प्रयोगले वातावरण सन्तुलन कायम हुने भएकाले मन्त्रालयले यसतर्फ तिव्र रुपमा काम गर्ने उनको भनाइ थियो ।
समितिमा सहभागी विज्ञहरुले साना सवारी साधनभन्दा ठूला सवारी साधन सञ्चालनमा ल्याउन सकिए वातावरण प्रदूषण कम हुने भएकाले यसतर्पm जोड दिन सुझाव दिएका छन् ।
समितिका सदस्यहरुले राष्ट्रिय आवश्यकतालाई महसुस नै नगरी अनियन्त्रित रुपमा सवारी भित्र्याउने कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले सरकारले भावनात्मक रुपबाटमात्रै विद्युतीय सवारी साधन सञ्चालन गर्ने भने पनि व्यवहारीक रुपमा त्यसो नगरेको गुनासो गरेका थिए ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget